Home ठूलो पर्दा चलचित्र ‘सत्या’ को ट्रेलर सार्वजनिक, मङ्सिर १४ मा प्रदर्शन हुने

चलचित्र ‘सत्या’ को ट्रेलर सार्वजनिक, मङ्सिर १४ मा प्रदर्शन हुने

by Parda Sansar
A+A-
Reset

एक्सन र लभस्टोरीमा आधारित नेपाली चलचित्र ‘सत्या’ को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार सामाखुसीस्थित सिटी स्क्वायर मलको क्युएफएक्स सिनेमामा आयोजित विशेष कार्यक्रममार्फत चलचित्रको साढे दुई मिनेट लामो ट्रेलर प्रदर्शन गरिएको हो ।

मङ्सिर १४ गते प्रदर्शनमा आउन लागेको मिलन आले मगरको निर्देशनमा बनेको यो चलचित्र लाई एक्सन दृश्यहरूमा विशेष जोड दिइएको ट्रेलरबाट प्रस्ट हुन्छ । चलचित्रमा राज कालाखेती, प्रिया शर्मा, करणसिंह बोहरा, विकास थापा मगर, वर्षा थिङ, सुमन खत्री, तेजा ऐर र ममता पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् । स्क्रिप्ट श्रवण सम्राट्ले लेखेका हुन् भने छायाङ्कन सुमनकुमार तण्डुकारले गरेका छन् ।

चलचित्रका गीतहरूमा विकास चौधरीको सङ्गीत रहेको छ भने नृत्य निर्देशन रामजी लामिछाने, सुरेश पाण्डे र सुरेन बसेलले गरेका छन् । सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् ।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक आले मगरले चलचित्र निर्माण केही समयअघि नै सम्पन्न भए तापनि यसको कथावस्तु अहिले पनि समयसापेक्ष रहेको बताए ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link