Home Main Highlight News मन जित्दै ‘ह्रस्व दीर्घ’, कमाई कति ?

मन जित्दै ‘ह्रस्व दीर्घ’, कमाई कति ?

by Parda Sansar
A+A-
Reset

झापा । नेपाली र दक्षिण भारतीय कलाकारहरुले अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । ‘पूर्ण बहादुरको सारङ्गी’को लोकप्रियताकै बीच रिलिज भएको चलचित्र ‘ह्रस्व दीर्घ’ ले चार दिनमा ३ करोड ६५ लाख कमाई गरको निर्माण पक्षले जानकारी दिएको हो ।
फिल्मले शुक्रबार ८० लाख कमाई गरेको थियो भने शनिबार एक करोड २० लाख कमाई गरेको बताइएको छ । त्यस्तै आइतबार फिल्मले ७५ लाख ग्रस कमाई गरेको यस फिल्मले सोमबार ९० लाख कमाई गरेको छ ।
फिल्मप्रति दर्शकलाई थप आकर्षित गर्न निर्माण टिमले मुख्य कलाकार प्रदीप रावतसहितको टिमलाई विभिन्न हलहरुमा साक्षात्कार गराइरहेको छ ।
चन्द्र पन्तको निर्देशनमा बनेको फिल्ममा साउथबाट ब्रह्मानन्दम, प्रदीप रावत, सुनिल बर्मा, अली, कबीर दुहन सिंह छन् । नेपाली कलाकारहरुमा विपना थापा, नीता ढुंगाना, हरिहर अधिकारी, सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, आदर्श मिश्र लगायतको अभिनय छ । चन्द्र पन्तद्वारा निर्देशित यस फिल्मको निर्माण लागत ६ करोड रहेकोले नाफामा जान भने अझै आक्रामक व्यापार गर्नुपर्ने चुनौती रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link