39
काठमाडौँ । आइफोन १४ प्रो–म्याक्सबाट छायाङ्कन गरिएको नेपाली फिल्म ‘अ प्लेस अन्डर द सन’ अमेजन प्राइमबाट प्रसारण हुने भएको छ । वन स्क्वाड फिल्मस्ले फिल्मलाई यो प्लाटफर्ममा ल्याएको हो ।
अमेजन प्लाटफर्ममा फिल्म रिलिज भएपछि ओएसआर डिजिटलले युट्यबमा ट्रेलर सार्वजनिक गरेको छ । निर्देशक लोप्चनले फिल्मलाई नेपालका हलमा प्रदर्शनमा ल्याउने समेत तयारी भइरहेको बताए ।
फिल्मको केही अगाडि विषेश शो समेत आयोजना भएको थियो । जहाँ फिल्मले प्रशंसा पाएको थियो ।
https://www.youtube.com/watch?v=dxyEYpKhJNU&t=13s