काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा यस वर्षको ‘राष्ट्रिय चलचित्र अवार्ड २०८०’ समारोह सम्पन्न भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको समारोह राष्ट्रपतिको कार्यालय शीतल निवासमा बुधवार आयोजना गरिएको थियो ।
समारोहमा सर्वश्रेष्ठ अभिनेताको अवार्ड विपिन कार्कीलाई र सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड स्वस्तिमा खड्काले प्राप्त गरेका छन् ।
त्यस्तै, उत्कृष्ट निर्देशकको अवार्ड फिल्म ‘दिमाग खराब’बाट निश्चल बस्नेतले प्राप्त गरेका छन् । सबैभन्दा धेरै अवार्ड चलचित्र ‘बुलाकी’ले प्राप्त गरेको छ । यो फिल्मले उत्कृष्ट फिल्मसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकालले अवार्ड प्राप्त गरेका छन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको विशेष आतिथ्यतामा भएको समारोहमा नेपाली फिल्म क्षेत्रका दिग्गज कलाकार, निर्माता, निर्देशकहरूको सहभागिता रहेको थियो ।
यस वर्षको राष्ट्रिय चलचित्र अवार्डमा क-कसले कुन कुन विधामा अवार्ड जित्न सफल भए त ? अब विस्तृत जानकारी :
उत्कृष्ट फिल्म : बुलाकी
उत्कृष्ट अभिनेता : विपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्री : स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशक : निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादक : मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायांकार : शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखन : राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी फिल्म : लोजिमा (लिम्बु भाषा)
निर्णायक समिति प्रोत्साहन पुरस्कार
अभिनेत्री : स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक फिल्म : जारी
विशेष योगदान सम्मान
तैय्यव शाह : कलाकार
कृष्ण प्रसाद रायमाझी : प्रदर्शक
नारायण प्रधान : द्वन्द निर्देशक
विद्या कार्की : कलाकार
नरेन्द्र महर्जन : प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव : कलाकार/निर्माता
भोज बहादुर गुरुङ : निर्देशक/निर्माता
अमुल कार्की ढली : सङ्गीत संयोजक
ध्रुव कुमार श्रेष्ठ : प्रदर्शक
बुद्धि तामाङ : कलाकार
सबिता गुरुङ : कलाकार
विशेष फिल्म पुरस्कारतर्फ
चलचित्र सतीदेवी
लिम्बु भाषाको चलचित्र सुगुप
गुरुङ भाषाको चलचित्र मार्कली
उक्त समारोहमा नेपाली फिल्म इतिहासको पहिलो फिल्म ‘आमा’की अभिनेत्री चैत्यदेवी सिंहलाई चलचित्र दीर्घ साधना सम्मान प्रदान गरिएको छ ।