Home Main Highlight News दर्शकलाई धन्यवाद दिन विपिन र वर्षा बिर्तामोडमा

दर्शकलाई धन्यवाद दिन विपिन र वर्षा बिर्तामोडमा

by Parda Sansar
A+A-
Reset

झापा । चलचित्र ‘तेल भिजा’का अभिनेता विपिन कार्की, अभिनेत्री वर्षा राउत लगायतको निर्माण टिमले शनिबार बिर्तामोडमा दर्शकसँग साक्षात्कार गरेका छन् । बिर्तामोडको सिने प्लाजामा चलचित्र हेरिरहेका दर्शकहरुमाझ उपस्थित भएर कलाकारहरुले दर्शकबाट प्रतिक्रिया लिनुका साथै चलचित्रलाई सपोर्ट गरिदिनु भएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।

चलचित्रको विषयवस्तुले धेरै दर्शकलाई छोएको बताउँदै अभिनेता कार्कीले भने, ‘विदेश अहिलेको आमकथा हो, यसले हरेक नेपालीलाई छुन्छ ।’ चलचित्रमा ब्ुबा र छोराको दोहोरो भूमिकामा रहेका कार्कीले कसैलाई बुबाको क्यारेक्टरले छोएको, कसैलाई छोराको कथाले मन छोएर रोएको प्रतिक्रिया आइरहेको बताएका छन् । तुलनात्मक रुपमा शो कम पाइरहेको अवस्थामा उनले दर्शकको माया यसरी नै बढ्दै गए चलचित्रले व्यावसायिक रुपमा सफल बन्नेमा आफू ढुक्क रहेको बताएका छन् ।

अभिनेत्री शिवाकोटीले फिल्ममा आफ्नो पात्रताको विषय खुलाउँदै आधुनिक बुहारी हुँदाको अनुभव सुनाइन् । उनले भनिन्, ‘मैले गरेको पात्र समय र जेनेरेसन ग्यापले निम्त्याएको एउटा समस्या मात्र हो, एकदमै छुच्ची पनि होइन, चाँडै कन्भिन्स हुने, बुझिहाल्ने चरित्र छ, यो चरित्र गर्न एकदमै रमाइलो भयो ।’

चलचित्रका निर्माता युवराज कार्कीले ‘तेल भिसा’ले विदेश के हो, त्यहाँको नियम कानून नजान्दा कस्ता समस्याहरु भोग्नु पर्छ भन्ने कुरा चलचित्रमा रहेको बताए । उनले वर्तमान परिस्थितिमा धेरै अब्रोड जाने क्रम बढिरहेको बताउँदै कम्तीमा त्यहाँको कल्चर बुझ्न र बुझाउनका लागि चलचित्र निर्माण गरिएको बताए । निर्माण टिमलाई पाथिभारा सिने प्लाजाका सञ्चालक युवराज प्रसाईंले स्वागत गरेका थिए । चलचित्र हेर्ने दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link