Home Main Highlight News चलचित्र ‘रंगी’को इन्डक्ल्याप

चलचित्र ‘रंगी’को इन्डक्ल्याप

by Parda Sansar
A+A-
Reset

काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भइरहेको चलचित्र ‘रंगी’ छायांकन पूरा भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको छायांकन २६ दिनमा पूरा भएको हो ।

सुरेश न्यौपानेको ‘डेब्यु’ निर्देशन रहेको चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दीलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ । ३० दिनको समय तालिका लिएर छायांकनमा गएको चलचित्र निर्धारित समयभन्दा चार दिनअघि नै इन्डक्ल्याप भएको हो ।

सक्षम सुवेदीको निर्माण रहेको यो चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज, शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link