Home Main Highlight News पुस ४ बाट ‘हरि हजुरबा’ मञ्चन हुने

पुस ४ बाट ‘हरि हजुरबा’ मञ्चन हुने

by Parda Sansar
A+A-
Reset

काठमाडौं । नाटक ‘हरि हजुरबा’ मञ्चन हुनेभएको छ । अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा थापागाउँस्थित मण्डला नाटक घरमा यही पुस ४ गतेदेखि यो नाटक मञ्चन हुन लागेको हो । यसमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैहुनुहुन्छ । साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ ।

अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ निर्माता रहेको यो नाटकले द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्नेछ । चिठ्ठी पुर्‍याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिनेछ ।

नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ । यस नाटकलाई द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयासका रूपमा सिर्जना गरिएको छ । बिहीबारदेखि सुरु हुने नाटक पुस २८ गते (आइतबार) सम्म सोमबारबाहेक प्रत्येक दिन मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुईवटा शो हुने जनाइएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link