काठमाडौँ । फिल्म ‘रंगी’ फागुन २ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले मोसन पोस्टर सार्वजनिक गर्दै फागुन २ लाई प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।
पोस्टरमा सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई अग्र स्थानमा छन्। उनीहरु गम्भीर देखिएका छन्। पृष्ठभूमिमा अग्लाअग्ला घर छ। सलोन, आयुषी र डेब्यु कलाकार नम्रता श्रेष्ठलाई देख्न सकिन्छ। नम्रता ‘मिस वल्र्ड नेपाल २०२० की विजेता हुन् ।
सुरेश न्यौपानेको डेब्यु निर्देशनमा बनेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।
निर्देशक न्यौपानेले फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशन रुपमा काम गरेका थिए ।
फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ। फिल्म सान्भी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको छ ।
सक्षम सुवेदी र करिश्मा केसीको निर्माण रहेको फिल्मका प्रस्तुतकर्ता सलोन बस्नेत हुन्। प्रस्तुतकर्ता सलोनका अनुसार फिल्मले बाबुछोरीको कथा देखाउनेछ ।
‘रंगी’ सलोनको डेब्यू निर्माण हो। ‘नेपाली बाबु’बाट बाल कलाकारका रुपमा अभिनय यात्रामा होमिएका सलोनले ‘होस्टल’ देखि अभिनेताका रुपमा काम अभिनय गरिरहेका छन् ।