Home Main Highlight News ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक

‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । माघ ११ गते रिलिज हुने सिनेमा ‘मिसिङः केटी हराएको सूचना’को गीत ‘सपनीमा’ सार्वजनिक भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र संगीत छ । गीतकार थापाले २० वर्षपछि यही गीतमार्फत पाश्र्व गीत लेखनमा कमव्याक गरेका हुन् । गीतमा सिनेमाका मुख्ख कलाकार नाजिर हुसेन र सृष्टि श्रेष्ठ फिचर्ड छन् ।

नाजिरले परिकल्पना गरेको घर र परिवारबाट सुरुवात भएको गीतमा नाजिर र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ । ग्रामीण परिवेशमा छायांकन गरिएको गीतमा यो जोडीलाई निकै सुहाएको छ । गीतको भिडियोलाई कोरियोग्राफर रामजी लामिछानेले सृष्टि र नाजिरलाई डान्सिङ शैलीमा प्रस्तुत गरेका छन् ।

निर्देशक दीपेन्द्र गौचनले संगीतप्रति आफ्नो लगाव पुरानै रहेकाले सिनेमाको कथा सुहाउँदो गीत तयार पारिएको बताए । भिडियोका कोरियोग्राफर रामजी लामिछानेले निर्देशक र गीत लेखनमा कमव्याक गरेका दिग्गजसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

ट्राई सिटी पिक्चर्सको व्यानरमा निर्माण भएको सिनेमाबाट ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए । दीपेन्द्रकै निर्माण रहेको सिनेमामा उनकै स्क्रिप्ट लेखन छ ।

सिनेमामा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । सिनेमामा अमितेष शाह विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको सिनेमामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, प्रवेश मल्लिक र करुण थापाको संगीत, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनीको स्वर, राजीव कर्णको कोरियोग्राफी छ । ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको सिनेमालाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछन् ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link