73
काठमाडौँ । गत मंसिर १५ देखि फ्लोरमा गएको फिल्म डोरीको सुटिङ सकिएको छ ।
आईतबार फिल्मको इन्डक्ल्याप गरिएको निर्माता दिनेश भट्टराईले जानकारी दिएका छन ।
अरुण लामाको निर्देशन सौरभ लामाको छायाँकनमा तयार हुँदै गरेको फिल्ममा अञ्जना बराइली र प्रवीण खतिवडा शीर्ष भूमिकामा छन् ।
‘डोरी’ एक सामाजिक, रहस्यमय, र सस्पेन्सले भरिएको फिल्म रहेको निर्देशक लामाले बताएका छन् ।