Home ठूलो पर्दा फिरफिरे फिरिरीको ट्रेलर सार्वजनिक

फिरफिरे फिरिरीको ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमका बिच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

झन्डै ३ मिनेट लामो ट्रेलरले फिल्म गाउँघरमै बसेर विभिन्न पेशा अंगालेका ४ युवकहरुको जीवनमा एक युवतीको आगमनपछि उत्पन्न परिस्थितिलाई हास्य शैलीमा प्रस्तुत गरिएको देखाइएको छ ।

माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई नविन भट्टले निर्देशन गरेका हुन् । फिल्ममा सन्दीप श्रेष्ठ, भावना उप्रेती, रविना केसी, पिटर प्रिन्स, मनोजकुमार अधिकारी, शंकर सेढाई, सूर्यमान लिम्बू, पुष्प अवस्थी लगायतको अभिनय छ । निर्देशक भट्ट र सन्दीप श्रेष्ठले फिल्मको स्क्रिप्ट मिलेर लेखेका हुन् । ‘आज साइकल, भोलि फरारी’ ट्यागलाइन दिइएको फिल्मले दर्शकलाई नयाँ स्वाद दिने अनुमान ट्रेलरबाट गर्न सकिन्छ ।

मनोजकुमार अधिकारी फिल्मका निर्माता हुन् । फिल्ममा जितु तामाङको छायाङ्कन, केशवराज भट्टको कोरियोग्राफी, प्रशान्त शिवाकोटीको संगीत तथा अनन्त घिमिरेको सम्पादन रहेको फिल्म बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको हो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link