Home Main Highlight News एक्सनले भरिपूर्ण पिताम्बरको टिजर सार्वजनिक

एक्सनले भरिपूर्ण पिताम्बरको टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसर पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’को टिजरलाई रिलिजको दोस्रो दिन नबित्दै १५ लाखभन्दा धेरै पटक हेरिएको छ । सोमबार सार्वजनिक एक्सनपूर्ण टिजर हेर्ने दर्शकसँगै टिजरमा २ हजार ३ सय बढी दर्शकले प्रतिक्रिया दिएका छन् ।

निर्देशक कृषा चौलागाई निर्देशित फिल्ममा विशाल चौलागाईं निर्माता छन् । केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ ।

टिजर एक्सनले भरिपूर्ण छ । महाभारतको श्लोकसँगै सुरु हुने टिजरमा नरसंहारको कुरा गरिएको छ । टिजरमा थुप्रै ट्वीस्टहरु देख्न सकिन्छ । फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन् ।

विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह-निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ । फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link