Home Main Highlight News ‘अञ्जिला’को टिजरमा फुटबल संघर्ष

‘अञ्जिला’को टिजरमा फुटबल संघर्ष

by Parda Sansar
A+A-
Reset

झापा । निर्देशक मिलन चाम्सको निर्देशनमा बनेको बायोपिक चलचित्र ‘अञ्जिला’को टिजर सार्वजनिक भएको छ ।

फागुन २९ देखि प्रदर्शनमा आउने यस फिल्मको कथा नेपाली महिला फुटबल राष्ट्रिय टिमकी क्याप्टेन तथा गोलकिप्पर एन्जिला तुम्बापोको खेल जीवनमा रहेको संघर्षमा आधारित छ । जसलाई टिजरमै स्पष्ट सँग देख्न सकिन्छ । निर्देशक चाम्सले अञ्जिला निकै मेहनतपूर्वक बनाएको झल्को टिजरले दिएको छ । अञ्जिलाको लुक्स र स्टाइल पनि राम्रो देखिएको छ । टिजर मेकिङ गर्दा साउन्ड, एडिटिङ र दृश्य संयोजनमा निर्देशक चाम्स र उनको प्राविधिक टिमको सोचाइको सिंक राम्रो छ ।

फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री सृजना सुब्बाले अञ्जिलाको आमा बुबाको भूमिकामा देखिएका छन् । दया अञ्जिलाको चाहना विपरित छन् भने सृजना छोरीको सफलताको पक्षमा देखिएकी छिन् ।

टिजरमा सुनिल थापा, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल जस्ता कलाकारलाई पनि देख्न सकिन्छ । फिल्ममा प्रेम कुमार श्रेष्ठ टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडियाको लगानी रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link