Home स्थानीय समाचार कृत्रिम खुट्टाको लागि नाप जाँच शिविर

कृत्रिम खुट्टाको लागि नाप जाँच शिविर

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । अग्रसेन भवन र रोटरी क्लब अफ बिर्तामोडको संयुक्त आयोजनामा विभिन्न कारणहरूले खुट्टा गुमाएका व्यक्तिहरुको लागि प्रदान गरिने कृत्रिम खुट्टाको नाप जाँच कार्य माघ २८ गते अग्रसेन भवनमा सम्पन्न भएको छ ।

मारवाडी सेवा समिति काठमाडौं र पशुपति गौशाला धर्मशालाको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा कृत्रिम खुट्टा आवश्यक भएका ६ महिलासहित २६ जनाको नाप जाँच गरिएको छ । जसमध्ये ८ जनालाई प्राविधिक कारणले काठमाडौं बोलाइएको छ भने १८ जनालाई बिर्तामोडमा नै खुट्टा हस्तान्तरण गरिने क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर सुरेश वंशलले बताउनु भएको छ ।

अग्रसेन भवन बिर्तामोड र रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’को अध्यक्षता तथा गौरीशंकर अग्रवाल (टिंकु)को सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मारवाडी सेवा समिति नेपालका प्राविधिक हरिराम बोगटी र विकास दानाकोटीको सहयोग रहेको जानकारी रोटरी संयोजक अशोक धानुका र भवन संयोजक मांगीलाल अग्रवालले गराउनु भएको छ ।

शिविरमा बिर्तामोड, हल्दिबारी, शिवसताक्षी, कचनकवल, बुद्धशान्ति, अर्जुनधारा, चुलाचुली, मेचीनगर, कनकाई, बाह्रदशी, भद्रपुर र शरणामती गरी १२ पालिकाका खुट्टा विहिनहरूलाई नि:शुल्क सेवा र्पुयाइने भवन उपाध्यक्ष रमेश अग्रवाल र जगदीश मित्तलले जानकारी गराउनु भएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link