Home Main Highlight News ‘लाज शरणम्’को सेन्सर पास, फागुन १४ मै रिलिज हुने

‘लाज शरणम्’को सेन्सर पास, फागुन १४ मै रिलिज हुने

by Parda Sansar
A+A-
Reset

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले शुक्रबार चलचित्रको सेन्सर पास गरेको थियो । यसको प्रमाणपत्र भने आइतबार प्रदान गरिए पनि मिति भने फागुन ९ गते शुक्रबार नै उल्लेख गरिएको छ ।

उच्च अदालत पाटनले नेपाली चलचित्र ‘लाज शरणम्’ को प्रचारप्रसारमा रोक लगाए पनि त्यसको केही दिनपछि नै चलचित्रले युनिभर्सल प्रमाणपत्र पाएको छ । यसको अर्थ यो चलचित्र सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेछ ।

सेन्सर पास भए पनि, चलचित्रको प्रचारप्रसारसम्बन्धी कार्यमा भने बाधा परेको छ । चलचित्रका निर्माता नबिन श्रेष्ठले ट्रेलर बनाउँदा बनाउँदै अदालतको आदेश आएपछि अन्यौलता हुँदा काम रोकिएको बताएका छन् । ‘अब ट्रेलर रिलिज बिना नै यो चलचित्र पूर्व निर्धारित मिति फागुन १४ गते नै रिलिज हुन्छ’, उनले भने ।

पूर्व मन्त्री मोहम्मद अफताव आलमले आफूलाई बदनाम गर्ने उद्देश्यले चलचित्रमा आफ्नो मिल्दोजुल्दो पात्र प्रस्तुत गरिएको दाबी गर्दै अदालतमा रिट निवेदन दिएका थिए । सोही उजुरीका आधारमा उच्च अदालत पाटनले चलचित्रलाई सेन्सर पास नगरेसम्म प्रचारप्रसार गर्न नपाइने आदेश दिएको थियो । युट््युबमा सार्वजनिक गरिएको टिजर र गीत समेत हटाइएको थियो ।

यस घटनाक्रमपछि चलचित्र क्षेत्रले अदालतको हस्तक्षेपले सिर्जनात्मक स्वतन्त्रता खतरामा परेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको थियो ।

कुमार कट्टेल (जिग्री) को निर्देशनमा बनेकाे फिल्ममा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिश निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणी नेपाल (खुपीका बाउ) लगायत  कलाकारको अभिनय छ। फिल्मका छायांकार सुदीप बराल हुन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link