Home Main Highlight News प्रचारप्रसारका लागि ‘अन्जिला’को निर्माण टिम पूर्वमा, रिलिज फागुन २९ गते

प्रचारप्रसारका लागि ‘अन्जिला’को निर्माण टिम पूर्वमा, रिलिज फागुन २९ गते

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाको बायोपिक चलचित्र ‘अञ्जिला’ को प्रचारप्रसारमा निर्देशक तथा निर्माताहरुको टिम पूर्व आइपुगेको छ ।

झापाको बिर्तामोडमा बिहीबार पत्रकार भेटघाट गरी निर्माण टिमले फागुन २९ बाट रिलिज हुन लागेको चलचित्र ‘अन्जिला’का बारेमा जानकारी गराएका छन् । एन्जिलाले बाल्यकालदेखि कप्तान बन्दासम्मको संघर्षको कथा चलचित्रमा रहेको निर्देशक मिलन चाम्सले बताए । उनले भने, ‘अन्जिला फुटबलर मात्र होइन, हरेक खेलाडीले खेलाडी बन्नका निम्ति गरेको संघर्षको कथा हो ।’

फिल्ममा एञ्जिला आफैँ प्रमुख भूमिकामा रहेकी छन् । अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनको अभिभावकको रुपमा फिल्ममा देखिने चाम्सले बताए । चलचित्र करिब सवा दुई घण्टाको रहेको उनले बताए ।

नेपालमा खेलाडीको विषयमा बायोपिक मुभी नबनिरहेको अवस्थामा एउटा महिला खेलाडीको जीवनमा आधारित यो फिल्मलाई दर्शकले रुचाउनेमा आशावादी रहेको निर्माता प्रेमकुमार श्रेष्ठले बताए । ‘बायोपिक फिल्म मेरो रोजाइको फिल्म हो’, उनले भने, ‘यस्तो फिल्मले जीवन बुझाउँछ, सफल हुनका लागि सधैँ प्रेरित गर्छ ।’ निर्माता श्रेष्ठले केही समयमै काठमाडौँमा एञ्जिलाको घर निर्माण गरिदिने प्रतिबद्धता समेत गरेका छन् ।

चलचित्रमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । चलचित्र नेपाल रिलिज अगावै युके, अमेरिका, अस्ट्रेलिया र जापानमा समेत रिलिज भइसकेको छ । त्यहाँ चलचित्रले राम्रो प्रतिक्रिया पाएको खुशी निर्माण टिमले पत्रकारहरुसँग बाडेका छन् । चलचित्रको छायाङ्कन इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको छ ।

चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित चलचित्रका कार्यकारी निर्माता विनोद अग्रवाल रहेका छन् । चलचित्रका क्यामेरा पर्सन विवेक बस्याल, मिडिया एड्भाइजर सुरक्षा भट्टराई लगायतको आतिथ्य रहेको पत्रकार भेटघाटको सहजीकरण सञ्चारकर्मी सुनिता तामाङले गर्नुभएको थियो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link