Home ठूलो पर्दा राजागंजको सेन्सर पास, प्रधानमन्त्री ओलीको दृश्यमा कैँची

राजागंजको सेन्सर पास, प्रधानमन्त्री ओलीको दृश्यमा कैँची

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । दीपक रौनियार निर्देशित चलचित्र ‘राजागंज’ सेन्सर बोर्डबाट पास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिका दृश्यहरुमा कैंची चलाउँदै फिल्मलाई सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको हो ।

बोर्डले २०७२ सालमा एमालेको अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई-तीनवटा आँप’को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाउँदै सेन्सर रोकेको थियो । फिल्मकर्मीले यसमा विरोध जनाएका थिए ।

निर्देशक रौनियारले फेसबुकमा बोर्डबाट प्राप्त प्रमाणपत्र सार्वजनिक गर्दै लेख्नुभएको छ ‘आयो तर बधाई नदिनुस्, मन अमिलो छ ।’
चलचित्र निर्देशक निश्चल बस्नेत सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘राजागञ्जलाई सेन्सरले रोकेछ । सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ? डिस्क्लाइमर नबुझ्ने, फिल्ममा देखाएको सबै कुरा वास्तविकता हो भनेर बुझ्ने, फिक्सनको अर्थ नबुझ्ने ! यस्तै हो चाहिने योग्यता ? फिल्म जति नै रियलिस्टक भए पनि रियल हुँदैन, इट्स अ वर्क अफ आर्ट । आर्ट नबुझ्नेहरु फिल्म सेन्सर गर्न बसेका छन् । हाम्रो नेपालमा ।’

यही विषयमा ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेल लेख्नुहुन्छ, ‘अरु चलचित्र झैँ राजागञ्जलाइ पनि सेन्सर बोर्डले दियो समस्या । यही तरिकाले चलचित्रको सेन्सरमा समस्या आउने भए सधैँ तनाव हुनेभयो ।’

चलचित्र जाँच पास समितिबाट पास भएसँगै राजागञ्ज प्रिमियर र प्रदर्शनमा सहजता भएको छ । फिल्ममा आशा मगराती, दयाहाङ राई, ऋचा शर्मा, निकिता चाण्डक, बिजय बराल, गौमाया गुरुङ लगायत कलाकारहरुको अभिनय छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link