‘अभिमन्यु’को छायांकन सुरु

by Parda Sansar
A+A-
Reset

काठमाडौं । कीर्तिपुरबाट चलचित्र ‘अभिमन्यु’को शुभमुहूर्त गर्दै छायांकन सुरू गरिएको छ । शुभमुहूर्तमा चलचित्रका अधिकांश मुख्य कलाकारको उपस्थिति थियो ।

‘अभिमन्यु’मा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् ।

सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलकाे निर्माणमा बन्दै गरेकाे यस सिनेमाको पात्रअनुसार बलियो लाइनअप  देखिएकाे छ ।  पौडेलका अनुसार ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ ।

चलचित्रको थिम पोस्टरले पैसाकाे चक्रव्यूहलाई संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको कथा चलचित्रले बाेल्ने बताइएको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’बाट सुशान्त गौतमले निर्देशनमा डेब्यु  गर्दैछन् ।

मुकेश खनालको लेखन रहेको चलचित्रको क्रिएटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ‘बाटो स् रोड टु डेथ’ निर्देशन गरेका थिए ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहनेछ ।

यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link