99
बिर्तामोड । नेपाल सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमामा झापाका ७ लाख ६२ हजार ७ सय ३८ जना नागरिक आवद्ध भएका छन् । देशभरका जिल्लामध्ये झापा बीमा आवद्धतामा सबैभन्दा अगाडि रहेको छ ।
झापापछि मोरङ, सुनसरी र चितवनका नागरिकहरु धेरै बीमा गर्नेहरुमा परेका छन् । हालसम्म मोरङमा ६ लाख १ हजार ५ सय ८७, सुनसरीमा ५ लाख ७५ हजार ७७१ र चितवन ५ लाख ६५ हजार ७ सय ११ जना स्वास्थ्य बीमामा आवद्ध भएको स्वास्थ्य बीमा बोर्डमा उल्लेख छ ।
मंगलबारसम्मको तथ्याङ्क अनुसार देशभर ८९ लाख ६९ हजार ६९ जना स्वास्थ्य बीमामा आवद्ध भएको तथ्याङ्क छ । झापाका निजी तथा सरकारी २६ वटा स्वास्थ्य संस्थाले बीमामार्फत उपचार सेवा दिइरहेका छन् । (इजलासबाट)