काठमाडौं । लक्ष्मण सुनारको कथा र निर्देशनमा तयार भएको फिल्म ‘कल्ली’ कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने भएको छ । तिहारको दुई साता पछाडि रिलिज हुने फिल्मको मिति निर्माण पक्षले सार्वजनिक गरेको हो ।
काफिया फिल्मस् र कुबेर फिल्मस् मार्फत फिल्म काठमाडौंसहित देशभरका सहरहरूमा वितरण गरिनेछ। प्रस्तुतकर्ता किरण नेपालीका अनुसार वितरकहरूसँगको सल्लाहपछि प्रदर्शन मिति तय गरिएको हो ।
फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् । हिमाल कडेरिया र अमला देवी राई निर्माता रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली छन् । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, उत्तम प्रधान, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपालीको अभिनय रहेको छ । निसाल पौडेलको छायांकन रहेको फिल्मको जुम्लामा छायाँकन गरिएको छ ।