काठमाडौं । मिरुना मगर र धीरज मगरकाे मुख्य अभिनय रहेकाे फिल्म ‘कुस्ती’ को छायांकन सकिएको छ। काठमाडौँ तथा आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्ममा प्रेमसँगै स्वभाव भिन्नताले एकसाथ जीविकोपार्जन गर्न संघर्ष गर्न बाध्य जोडीको कथालाई देखाइने निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए।
‘कलाकार र प्राविधिकको मेहनतका कारण हामीले निर्धारित समयमा छायांकन सम्पन्न गर्न सफल भयौँ । एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने कथानक यात्रालाई यस फिल्ममा समेटेका छौँ। भावनात्मकतासँगै हाँस्यरसले भरिएको प्रेम कथा तपाइँहरूले फिल्ममा देख्न पाउनु हुनेछ’, उनले भने।
फिल्ममा पुस्कर गुरुङ, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारले अभिनय रहेकाे छ ।
फिल्ममा उमंग शाहीले छायांकन, मित्रदेव गुरुङले सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहले संगीत सिर्जना, शिशिर खातीले नृत्य निर्देशन गरेका छन्।