Home Main Highlight News ऐतिहासिक कथामा आधारित ‘जार’ को ट्रेलर सार्वजनिक

ऐतिहासिक कथामा आधारित ‘जार’ को ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, अनुपबिक्रम शाही र गीताञ्जली थापा देखिएका छन् । फेरी टेल पिक्चर्सको ब्यानरमा निर्माण भएको यो चलचित्र आउँदो बैशाख २६ हलहरुमा रिलिज हुने भनिएको छ ।

फूर्वा छिरिङ लामाको लेखन तथा निर्देशनमा बनेको चलचित्रको सम्पूर्ण छायांकन सिक्किममा गरिएको हो । होप रिल्स, एलए सेभेन सटर््स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, निरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा रहेका छन् ।

सन् १८०० को दशक अन्त्यतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनामा आधारित कथा ‘जार’लाई पर्दामा उतारिएको छ । फिल्ममा झुमा लिम्बु र गंगा थापाको संगीत रहेको छ । नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा यो फिल्म एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा वितरणको जिम्मा सेभनसिज सिनेमाले लिएको छ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link