Home Main Highlight News ‘खेल’को ट्रेलरलाई दर्शकको यस्तो प्रतिक्रिया, हलिउड र साउथ मुभीसँग तुलना

‘खेल’को ट्रेलरलाई दर्शकको यस्तो प्रतिक्रिया, हलिउड र साउथ मुभीसँग तुलना

by Parda Sansar
A+A-
Reset

काठमाडौं । वैशाख १२ गते रिलिज हुन लागेको चलचित्र ‘खेल’को ट्रेलरले सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ ।

चलचित्रको ट्रेलरमा रहस्यमय घटनालाई विज्ञानसँग जोडेर देखाइएको छ । गज्जवको प्रकाश संयोजन र फरक दृश्य भाषा रहेकाले यो चलचित्र फरक भएको दर्शकहरुको प्रक्रिया रहेको छ ।

वन्दना लम्साल लेख्नुहुन्छ – ‘मुभीको ट्रेलर अति बबाल लाग्यो । कन्सेप्ट, स्टारिङ, लोकेसन सब बबाल छ ।’ त्यस्तै जेनिस श्रेष्ठ लेख्नुहुन्छ, ‘यो चाहिँ अलिक फरक खालको मुभी लाग्यो । यो मुभी चाहिँ हेर्न जानुपर्छ । त्यो सबै उही खालको मुभी भन्दा यस्तो मुभी चाहियो, अलि डिफरेन्ट ।’
आर शर्मा लेख्नुहुन्छ, ‘वाट अ कन्सेप्ट । वाट अ सिनेम्याटोग्राफी । वाट अ एक्टिङ । प्लिज मुभीलाई हिन्डीमा पनि डब गर्नुहोला ।’ युट्युबमा झन्डै एक मिलियन भ्युज पाएको ट्रेलरले दर्शकबाट धेरै आशासहितका प्रतिक्रिया पाएको छ । कतिले यसलाई हलिउड र साउथ मुभीसँग तुलना समेत गरेका छन् ।

ट्रेलरमा देख्न सकिन्छ – काठमाडौं उपत्यकाको पुरातात्विक सम्पदासँगै इतिहासका तथ्यहरुलाई । मानिसहरुले भोग्नु परेको रोग र महामारीको कथालाई । ट्रेलरमा पात्रहरुबीच द्वन्द्व, षड्यन्त्र, डाह र रिसरागजस्ता मनोभावको प्रवेश गराएर चलचित्रको विषयवस्तुमा रोचक मोडहरु रहेको संकेत गरिएको छ । चलचित्रको टाइटल ‘खेल’ भएकाले ट्रेलरमा लुडो, चेस, अन्य खेलहरूका दृश्यलाई डरलाग्दो तरिकाले देखाइएको छ ।

चलचित्रको ट्रेलरमा कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, भोलाराज सापकोटा लगायतलाई देख्न सकिन्छ । चलचित्र ‘खेल’ लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गर्नुभएको हो ।
ट्रेलरमा देखिएका प्रमुख पात्रहरु सुरक्षा पन्त र हेना नगरकोटीजस्ता कलाकारको संवाद छैन । तर धेरै दृश्य र फरक बडी ल्याङ्ग्वेज ट्रेलरमा हेर्न पाइन्छ ।

चलचित्रको निर्माताहरू लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह-निर्माताहरू कुणालराज गुरुङ र रहिशराज महर्जन रहनुभएको छ । चलचित्रको कथा आशिषराज महर्जनले लेख्नुभएको हो भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार गर्नुभएको हो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link