Home Main Highlight News फिल्म भूठानको ट्रेलर सार्वजनिक

फिल्म भूठानको ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । अभिनेता हरिवंश आचार्य अभिनीत फिल्म भूठानको ट्रेलर सार्वजनिक भएको छ। मंगलबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा हरिवंश आचार्य आफ्नो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाइएको छ। फिल्म यही वैशाख १२ गते रिलिज हुँदैछ ।

अंग्रेजीमा द वर्ल्डस् ह्याप्पिएस्ट म्यान नाम रहेको भूठानमामा हरिवंश आचार्य दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द (लामा), ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन्।

विनोद पौडेलको निर्देशन रहेको फिल्ममा भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दाको कथा र आफ्नो जराको खोजलाई फिल्ममा समेटिएको छ ।

फिल्मको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताव जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बाँस्कोटा छन्। कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, एल एन अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् भने सह–निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं) र नवराज पराजुली छन्।

फिल्ममा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, सूर्य शाहीको कास्टिङ, उज्ज्वल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन छ।

फिल्मलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट ईन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link