Home समाचार क्राइम थ्रिलर जनरामा ‘मैना’ को घोषणा

क्राइम थ्रिलर जनरामा ‘मैना’ को घोषणा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । फिल्म ‘मैना’ निर्माणको घोषणा गरिएको छ । राजेन्द्र ढकाल (राहुल)को निर्माण रहने फिल्मको थिम पोस्टर निर्माण पक्षले सार्वजनिक गरेको हो । पोस्टर हेर्दा फिल्म क्राइम थ्रिलर हुनसक्ने अनुमान लगाउन सकिन्छ ।

फिल्ममा चन्द्रकुमार भट्टराईको डेब्यू निर्देशन रहनेछ । उनले यसअघि समर लभ, मारूनी, राजा रानी, सेतो बाघ लागायत एक दर्जन सिनेमामा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन् ।

सुस्मिता फिल्मसको प्रस्तुति रहने फिल्मको कथा गोविन्द मल्लले लेखेका छन् । फिल्ममा राजेन्द्रसँगै विनिता शर्माको लगानी रहनेछ भने सहनिर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा रहनेछन् ।

फिल्ममा को को कलाकार हुनेछन् भन्नेबारे निर्माण पक्षले केही खुलाएको छैन । निर्माण पक्षका अनुसार आगामी भदौबाट फिल्मको छायांकन सुरु हुनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link