Home Main Highlight News जेठ २ गतेदेखि प्रदर्शनमा ‘के घर के डेरा : घर नं २’

जेठ २ गतेदेखि प्रदर्शनमा ‘के घर के डेरा : घर नं २’

by Parda Sansar
A+A-
Reset

दीपेन्द्र के. खनालको निर्देशनमा बनेको नयाँ नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ आगामी जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। केही दिनअघि मात्र सार्वजनिक भएको टिजरले दर्शकमाझ उत्सुकता जगाइरहेको छ।

टिजरले चर्चित चलचित्र ‘पशुपतिप्रसाद १’को झल्को दिएको भन्दै सामाजिक सञ्जालमा फिल्मको चर्चा भइरहेको छ। तर, फिल्मको नामले ‘के घर के डेरा’को सिक्वेल जस्तो लागे पनि निर्देशक खनालले यसलाई नयाँ कथा भएको स्वतन्त्र चलचित्र भएको स्पष्ट पारिसकेका छन् ।

“यो सिक्वेल होइन। यो बिल्कुलै नयाँ कथा हो, नयाँ दृष्टिकोण हो। म आफैंले सोचेजस्तै सामाजिक कथा बोकेको सिनेमा लिएर आएको छु,” निर्देशक खनालले बताए। उनका अनुसार, अघिल्लो फिल्म ‘के घर के डेरा’ कमेडी शैलीको थियो भने ‘घर नं २’ सोसल ड्रामा हो ।

चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्, जसले ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ जस्ता चर्चित उपन्यास लेखिसकेका छन्। तर, यो बुद्धिसागरको पहिलो पटक लेखिएको फिल्म स्क्रिप्ट हो ।

कलाकारहरूको उपस्थितिमा पनि फिल्म बलियो देखिन्छ। फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायतको अभिनय रहेको छ ।

‘के घर के डेरा : घर नं २’ एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा निर्माण भएको हो। फिल्मका निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् भने युवराज कार्की कार्यकारी निर्माता हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link