Home Main Highlight News ‘कोशेढुङ्गा’काे पोस्टरमा सुरक्षाकाे यस्ताे लुक्स

‘कोशेढुङ्गा’काे पोस्टरमा सुरक्षाकाे यस्ताे लुक्स

by Parda Sansar
A+A-
Reset

काठमाडौं । आगामी भदौ १२ गते रिलिज डेट तोकिएको चलचित्र ‘कोशेढुङ्गा’को एक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री सुरक्षा पन्तलाई देख्न सकिन्छ ।

पृष्ठभूमिमा पहाड र कमेरोले पोतेको दुई तले घर छ । नवविवाहित जस्ती देखिने सुरक्षा पन्तलाई पोस्टरमा मायालु भावमा देख्न सकिन्छ । पोस्टरमा ऐतिहासिक ब्लकबस्टर नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गीका निर्देशकबाट निर्देशित लेखिएको छ । फिल्मका निर्देशक हुन् सरोज पौडेल ।

फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, नीति शाह, प्रवीण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटालगायत कलाकारको अभिनय रहेको निर्माण टिमले जनाएको छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन् । कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन् । बाबु श्रेष्ठको डीओपी रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, आषिश अविरल र रिदम कँडेलको संगीत रहनेछ । फिल्मका कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link