66
काठमाडौं । केदार घिमिरे (माग्ने बुढा) को मुख्य अभिनय रहेको चलचित्र ‘माग्ने राजा’ को छायांकन सकिएको छ । ४३ दिनमा चलचित्रको छायांकन सकिएको यसका निर्देशक ऋषि लामिछानेले जानकारी दिनुभयो ।
मुनाल घिमिरेको निर्माण रहेको यो चलचित्रमा केदारसहित आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई (तक्मे बुढा), शिशिर वाङ्देललगायत कलाकारहरूको मुख्य भूमिका छ ।
चलचित्रको लेखक सामिप्यराज तिमिल्सेना हुनुहुन्छ । एउटा गरिबको धनी बन्ने महत्वाकांक्षाको कथा चलचित्रले प्रस्तुत गर्नेछ । नरेन्द्र मैनालीको छायांकन रहेको यो चलचित्र तिजका अवसरमा प्रदर्शनमा आउने घोषणा भइसकेको छ ।