Home Main Highlight News ‘अङ्गुरको झुप्पो’मा आशिफ र गरिमाको जोडी

‘अङ्गुरको झुप्पो’मा आशिफ र गरिमाको जोडी

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र ‘जन्ते बाख्रो’को गीत ‘अंगुरको झुप्पो’ सार्वजनिक गरिएको छ । महेश काफ्ले र अस्मिता अधिकारीको स्वर, महेशकै शब्द रचना तथा संगीत रहेको गीत सार्वजनिक गरिएको हो । गीतमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा लाई देख्न सकिन्छ ।

जेठ २३ गतेदेखि सिनेमा हलमा रिलिज हुने तयारीमा रहेको चलचित्रमा गरिमा र आशिफसँगै सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मालगायत कलाकारको अभिनय छ ।

चलचित्रलाई सिमोस सुनुवारले निर्देशन गर्नुभएको छ । ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको चलचित्र हो । प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको चलचित्रको निर्माता सन्तोष गौतम हुनुहुन्छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link