Home Main Highlight News स्वप्न सुमन र अविज्ञाको ‘राधा’ युट्युबमा

स्वप्न सुमन र अविज्ञाको ‘राधा’ युट्युबमा

by Parda Sansar
A+A-
Reset

झापा । स्वप्न सुमन र अविज्ञा घिमिरेको स्वरमा रहेको लोक गीत ‘राधा’ टाइटलबाट युट्युबमा सार्वजनिक भएको छ ।

टंक पौडेल (राधाकुमारी), ज्योत्सना योगी र स्वप्न सुमनको संयुक्त शब्दरचना, स्वप्न सुमनकै कम्पोजिसनमा बनेको यो गीतमा आँचल ताम्राकार, मनोज महर्जनको जोडीलाई देख्न सकिन्छ । गीतमा गाउँले परिवेश, सामान्य जीवनशैली र प्रेमिल कथालाई देखाइएको छ ।

गीतमा रविन कुमार श्रेष्ठले बाँसुरी, विशाल क्षेत्रीको गीतार र मनिष गन्धर्वले सारङ्गीको पाटो सम्हालेका छन् । विवेक मगरको सिनेमाटोग्राफी र अशोक अधिकारीको सम्पादनमा बनेको गीतमा कथा र निर्देशन ज्योत्सना योगीको रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link