Home ठूलो पर्दा फिल्म ‘जार’ यही वैशाख २६ गते

फिल्म ‘जार’ यही वैशाख २६ गते

by Parda Sansar
A+A-
Reset

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको कृति ‘जार’ मा आधारित रहेर निर्माण गरिएको फिल्म ‘जार’ यही वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदैछ । फुर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा प्रमुख भूमिकामा छन् ।

सौगातले २७ वर्षअघि नाटक ‘जार’ गुरुकुलमा हेरेका थिए । उनले नाटकमा अभिनय गर्न नपाए पनि नाटक भने पढेका थिए । ‘म त्यो समयमा एउटा फिल्ममा फाइनल भइसकेको थिएँ । जसले गर्दा यो नाटकमा काम गर्न पाइनँ’, सौगात भन्छन्, ‘तर नाटक पढ्ने मौका पाएँ । कुनै कुनै कथा, उपन्यासले मान्छेलाई दुई चारदिनसम्म सुत्ने वातावरण दिँदैन । मलाई पनि त्यस्तै भयो ।’

२७ वर्षअघि ‘जार’ पढ्दाको उत्साह अहिले फिल्ममा काम गरेर पुरा गरेकोमा सौगात खुशी छन् । ‘नाटकमा नभए पनि त्यो सपना फिल्ममा पुरा भयो । यो फिल्ममा काम गरिरहँदा इन्द्रबहादुर राईले पनि मेरो काम हेरिरहनु भएको हो कि जस्तो लाग्थ्यो’, उनी भन्छन् ।

फिल्ममा सौगातले अभिनेता अनुपविक्रमको श्रीमति गीताञ्जलीलाई भगाउने चरित्र निभाएका छन् । ‘त्यो काम एकदमै डरलाग्दो थियो । किनकी सन् १८ सयको दशकमा भएको त्यो घटनालाई चरित्रमा उतार्नु निकै जोखिम र चुनौती थियो । त्यो बेलाको समाज, नियम, कानून, भाषा, परिवेशमा हामी बाँधिएका थियौं । हरेक हिसाबले मैले जोखिम मोलेको थिएँ । अझ अर्काको श्रीमति नै भगाउनुपर्दाको अवस्था झन कस्तो होला ?’ सौगात प्रश्न गर्छन् ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको छायांकन सिक्किममा गरिएको छ । फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ । फिल्म प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमाले गर्नेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link