Home Main Highlight News समीर भट्टको जन्मदिन पारेर ‘बलिदान’को प्रि-टिजर सार्वजनिक

समीर भट्टको जन्मदिन पारेर ‘बलिदान’को प्रि-टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । यस वर्षको वडा दसैँको फूलपातीमा प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक गरिएको छ । यो भिडियो सामग्री सिनेमाका प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसर पारेर शुभकामना स्वरूप सार्वजनिक गरिएको हो ।

प्रि-टिजरमा अभिनेता भट्टका दमदार एक्सन दृश्यहरू प्रस्तुत गरिएको छ, जहाँ देशभक्तिपूर्ण भावनाले भरिएको न्यारेशन सुन्न सकिन्छ – माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई । भिडियोको अन्त्यमा समीरको आक्रोशपूर्ण चिच्याहटले दृश्यलाई अझ प्रभावशाली बनाएको छ ।

चलचित्रका निर्देशक सन्तोष सेनका अनुसार समीरमा कलाकारिता र अभिनयका सबै गुण भरिएका छन्, र ‘बलिदान’ले ती सबै पक्ष उजागर गरेको छ । सेनले प्रि-टिजरलाई समीरको प्रस्तुतिको झलक भन्दै यो सिरिजमा थप झिल्काहरू क्रमशः सार्वजनिक गरिने जानकारी दिए ।

चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । ‘आसुसेन फिल्म्स्‌ प्रा.लि.’ को प्रस्तुति रहेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माता हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link