Home ठूलो पर्दा परेवा उडाएर ‘बिगुल’ को शुभमुहूर्त

परेवा उडाएर ‘बिगुल’ को शुभमुहूर्त

by Parda Sansar
A+A-
Reset

काठमाडौं । फिल्म ‘बिगुल’ को अक्षय तृतियाको शुभ अवसर पारेर बुधवार बिहान कोटेश्वर महादेवस्थान मन्दिरमा शुभमुहूर्त गरिएको छ । रमेश कोइरालाको निर्देशनमा वैशाख तेश्रो साताबाट छायांकन प्रारम्भ गरिने ‘बिगुल’ को मुहूर्त सटमा अभिनेता नरेन खड्का तथा अभिनेत्री बेनिशा हमालले अभिनय गरेका थिए ।

समाजिक जागरण, समसामयिक राजनीति, आम नागरिकको कर्तव्य तथा जिम्मेवारीवोधका साथमा प्रचुर मनोरञ्जनले भरिने बताइएको ‘बिगुल’ को मुहुर्त सटमा नेपाल सांस्कृतिक महासंघ बागमती प्रदेश संयोजक राजेन्द्र केसीले क्यामेरा स्वीच अन गरेका थिए ।

चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको मुहूर्तमा निर्देशक सुचित्रा श्रेष्ठले नरिवल फोडेकी थिइन् । अभिनेता नरेनले समाज जागरणको बिगुल स्वरुपको संवाद बोलेका थिए भने संवादसँगै अभिनेत्री बेनीशाले स्वतन्त्रता र शान्तिको प्रतिक स्वरुप एक जोडी परेवा उडाइएकी थिइन ।

दिनेश कोइरालाको कथामा मौनता श्रेष्ठको पटकथा, सम्वाद रहेको फिल्म शिव ढकालले खिच्ने छन् । कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा महेश कोइराला र सूर्यकान्त कोइराला छन् । म्याग्नोलिया ग्रुपको ब्यानरमा रहेको फिल्ममा नरेन र बेनीशाका साथमा नीर शाह, रमेश बुढाथोकी लगायतले अभिनय गर्दैछन् ।

वैशाख तेश्रो सातादेखि चितवनबाट सुटिङ थालिने यो फिल्मका गीतमा नेपाली काग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईँको संगीत छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link