Home ठूलो पर्दा ‘पूर्णबहादुरको सारंगी’ निर्माताकाे कमेडी फिल्म ‘चुल्हे निम्तो’

‘पूर्णबहादुरको सारंगी’ निर्माताकाे कमेडी फिल्म ‘चुल्हे निम्तो’

by Parda Sansar
A+A-
Reset

काठमाडौं । सर्वकालिन ब्लकबस्टर ‘पूर्णबहादुरको सारंगी’का निर्माता प्याट्रिक सुवेदी र रमेश ढकालले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । अक्षय तृतीयाको अवसरमा बुधबार फिल्म ‘चुल्हे निम्तो’ निर्माणबारे जानकारी दिइयो ।

‘घोषणा पोस्टर’मा फिल्मको लोगो, रङ, निर्माता र निर्देशकबारे उल्लेख गरिएको छ । यसअघि ‘रोल्पा रोग’बाट फिल्म निर्देशनमा डेब्यु गरेका दीपक वलीको यो पाँचौ निर्देशकीय प्रोजेक्ट हुनेछ । वलीले यसअघि पण्डित बाजेको लौरी, कुम्भकरण, कृष्णलीला निर्देशन गरेका छन् ।‘कथाहरू माटोमा फुल्छन् । माटोमै फल्छन् अनि माटोमा नै फुलेका, फलेका कथाहरू हामी माटो नबिर्सिएकाहरूलाई बेस्सरी मगमग बसाउँछ’ फिल्मको कथावस्तुबारे निर्माताले भनेका छन्, ‘चुले निम्तो एउटा यस्तै माटोको कथा हो, जसले हाम्रै कथा भन्छ, हाम्रै शैलीमा भन्छ । बेस्सरी पेट मिचिमिची खित्का छोड्दै हँसाउँदै भन्छ ।’

यसरी हेर्दा यो फिल्म नेपाली ग्रामिण समाजको कथावस्तुमा बनेको कमेडी शैलीको फिल्म भन्ने बुझिन्छ । आगामी तिहार लगत्तै छायांकन हुने तयारीमा रहेको यो फिल्मको पटकथा महेश दवाडीले लेखेका हुन् । फिल्मलाई गोरखा, रोल्पा, पाल्पा, रसुवामा छायांकन गर्ने तयारी छ । बजेट २ करोड बताइएको छ ।

कलाकार तय नभैसकेको यो फिल्मलाई सुवेदी र ढकालको चर्चित अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिज इन्टरनेसनलले निर्माण गर्न लागेको हो । वितरणसँगै यो कम्पनीले ‘चुले निम्तो’बाट निर्माण कार्य पनि अघि बढाएको छ । चाँडै नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय ओटीटी प्लाटफर्ममा रिलिज गर्ने पनि कम्पनीको तयारी छ ।

‘वितरणसँगै निर्माणलाई अघि बढाउने कार्यको सुरुवात भएको छ’ चलचित्र विकास बोर्डको अन्तर्राष्ट्रिय प्रवर्धन समितिको सदस्यमा समेत नियुक्त भएका ढकालले भने ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link