Home ठूलो पर्दा यस्तो देखिए ‘मोहर’को फस्टलुकमा पल

यस्तो देखिए ‘मोहर’को फस्टलुकमा पल

by Parda Sansar
A+A-
Reset

काठमाडाैँ । साउन २३ गते रिलिज हुने तयारीमा रहेको फिल्म ‘मोहर’को फस्टलुक निर्माण पक्षले सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरूलाई स्थान दिइएको छ।

पोस्टरमा मुख्य अभिनेता पल शाह र नायिका बेनिशा हमाल तथा नीति शाहलाई देखाइएको छ। त्यस्तै, कलाकार अर्जुन जंग शाही पनि पोस्टरमा देखिन्छन्। पोस्टरमा पल शाह केही रिसाएको मुद्रामा कतै हेरेको देखिन्छन् भने बेनिशाको अनुहारमा डरको भाव छ। नीति शाह हर्षित मुद्रामा देखिन्छिन्।

पोस्टरमा फिल्मको नाम र लोगो प्रमुख रूपमा प्रस्तुत गरिएको छ। यस फिल्ममा मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी र बालकलाकार सारा शर्माको पनि अभिनय रहेको छ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्मका निर्माता चुम्बन जंग शाही हुन्। फिल्म मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्ममा दीपेन बस्न्यातको छायांकन (डीओपी), कुमार महर्जनको द्वन्द्व निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द रहेका छन्।

गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको फिल्ममा कविराज गहतराज र रामजी लामिछानेले कोरियोग्राफी गरेका छन्। ‘मोहर’को फस्टलुक सार्वजनिक भएसँगै दर्शकमाझ थप उत्साह र अपेक्षा बढेको देखिन्छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link