Home ठूलो पर्दा ५१ औँ दिनमा ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमान

५१ औँ दिनमा ‘अञ्जिला’, नेपाली बायोपिकमा कीर्तिमान

by Parda Sansar
A+A-
Reset

काठमाडौँ  । फिल्म ‘अञ्जिला’ प्रदर्शनको आज ५१ औँ दिन हो। गत वर्ष फागुन २९ देखि प्रदर्शनरत फिल्म शुक्रबार  देशभर ४५ सो सहित प्रदर्शन भइरहेको छ। फिल्मले हालसम्म करिब १० करोड भन्दा बढी ग्रस कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएको छ।

‘अञ्जिला’को ५१ दिनसम्मको सफलताले नेपाली बायोपिकमा ऐतिहासिक कीर्तिमान बनाएको निर्देशक मिलन चाम्सले बताए। ‘हामी सफलताका साथ ५१ दिनमा पुगेका छौँ। ‘अञ्जिला’ नेपाली फिल्मको इतिहासमा १० करोड माथिको व्यापार र ५१ दिन पुग्ने पहिलो नेपाली बायोपिक फिल्म बनेको छ,’ निर्देशक चाम्सले भने।

निर्माता प्रेमकुमार श्रेष्ठले दर्शकको माया र साथले यो सफलता दिलाएको बताए। ‘हामी सबैसँग मिलेर यो सफलता सेलिब्रेट गर्न उत्साहित छौँ’, श्रेष्ठले बताए। निर्माण टिमले यही अवसरमा शुक्रबार विशेष समारोहको आयोजना गरेको छ।

‘अञ्जिला’ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्लिा तुम्बापो सुब्बाको जीवन कथामा आधारित छ। कप्तान सुब्बाकै मुख्य अभिनय रहेको फिल्ममा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ। वर्षको अन्तिमसम्म ‘अञ्जिला’ २०८१ सालको उत्कृष्ट पाँचमा पर्न सफल भएको थियो।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link