Home समाचार ‘मेटगाला’मा डेब्यु गर्न न्यूयोर्क पुगे शाहरुख खान

‘मेटगाला’मा डेब्यु गर्न न्यूयोर्क पुगे शाहरुख खान

by Parda Sansar
A+A-
Reset

काठमाडौं । विश्व फेसनको महाकुम्भ ‘मेटगाला’मा सहभागी हुन शाहरुख खानसहितका भारतीय स्टारहरू शनिबार न्यूयोर्क पुगेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यसवर्षको मेटगालामा शाहरुखले डेब्यु गर्ने तयारी छ ।

आफ्नी व्यवस्थापक पूजा ददलानीसँग शाहरुख न्यूयोर्कको जोन एफ केनेडी विमानस्थलमा देखिएको फोटो र भिडियो भाइरल बनिरहेको छ । सेतो टिसर्ट, खैरो हुडी र ब्यागी कार्गो जिन्समा शाहरुख देखिए ।

शाहरुख फेसन डिजाइनर सब्यासाचीको पहिरनमा मेटगालामा देखिनसक्ने जनाइएको छ । यदि यस्तो भयो भने, शाहरुख मेटगालामा सहभागी हुने पहिलो भारतीय अभिनेता हुनेछन् ।

भारतीय गायक दिलजित दोसाजले पनि मेटगालामा भाग लिने अपेक्षा छ । भारतीय अभिनेता कियारा आडवाणी पनि न्युयोर्क पुगेकी छन् । यद्यपि, शाहरुखले मेटगालामा डेब्यु गर्ने औपचारिक जानकारी बाहिर आएको छैन ।

प्रत्येक वर्षको मे ५ मा न्यूयोर्कस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टमा हुने मेटगालाको विषयवस्तु ‘सुपरफाइन : टेलरिङ ब्ल्याक स्टाइल’ हो, जुन मोनिका एल. मिलरको पुस्तक ‘स्लेभ्स टु फेसन : ब्ल्याक ड्यान्डिज्म एन्ड द स्टाइलिङ अफ ब्ल्याक डायस्पोरिक आइडेन्टिटी’बाट प्रेरित छ ।

यस वर्षको ड्रेस कोड ‘टेलर्ड टु यु’ हो । कार्यक्रमको सह-अध्यक्षता गायक फेरेल विलियम्स, अभिनेता कोलम्यान डोमिंगो, एफवान च्याम्पियन लुइस ह्यामिल्टन, र्‍यापर एसप रकी र भोगकी प्रमुख सम्पादक अन्ना विन्टोरले गर्नेछन् । बास्केटबलका महान खेलाडी लेब्रोन जेम्सले मानार्थ सह-अध्यक्षको रूपमा काम गर्नेछन् ।

मेटगालामा विश्वचर्चित हलिउड स्टारहरूले भाग लिनेछन् । नेपालीमूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङले यसवर्षपनि आफ्नो डिजाइनर प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link