Home समाचार ‘जारी २’को छायांकन ‘पाँचथर’बाट सुरु

‘जारी २’को छायांकन ‘पाँचथर’बाट सुरु

by Parda Sansar
A+A-
Reset

काठमाडौं । प्रतीक्षित फिल्म ‘जारी : सङ् अफ च्याब्रुङ’को छायांकन पाँचथरमा सुरु भएको छ । बुद्ध जयन्तीको अवसर पारेर मंगलबारदेखि छायांकन सुरु भएको जानकारी निर्माता रामबाबु गुरुङले दिए ।

यो फिल्म यसअघि रिलिज भएको सुपरहिट ‘जारी’को दोस्रो श्रृंखला हो । डेढमहिनासम्म चल्ने छायांकन पुरै पाँचथरमा हुने जनाइएको छ । छायांकन सेटबाट प्राप्त तस्वीरमा दयाहाङ राई र मिरुना मगरलाई क्यारेक्टर लुक्समा देख्न सकिन्छ ।

यो फिल्मको पटकथा लेखन तथा निर्देशनमा उपेन्द्र सुब्बा छन् । आगामी दशैंमा प्रदर्शन मिति तय गरिएको छ ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्माको शीर्ष भूमिका हुनेछ । बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मनहाङ लावती, विष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङलेखुको पनि अभिनय हुनेछ ।

फिल्मको अघिल्लो श्रृंखलाले घरेलु बक्सअफिसमा १७ करोडभन्दा धेरैको ब्यापार गरेको चलचित्र विकास बोर्डले जनाएको

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link