Home समाचार कान्स फिल्म फेस्टिभल आजदेखि, नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदै

कान्स फिल्म फेस्टिभल आजदेखि, नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदै

by Parda Sansar
A+A-
Reset

काठमाडौं । विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको ७८ औं संस्करण आजदेखि फ्रान्समा सुरु हुँदैछ । फ्रान्सको दक्षिणपूर्वी फ्रेन्च रिभिएरा क्षेत्रको कान्स सहरमा १३ देखि २४ मे सम्म महोत्सव आयोजना हुनेछ ।

यसवर्षको कान्समा केही खास आकर्षण हुनेछन् । विश्वचर्चित हलिउड फिल्म ‘मिसन इम्पोसिबल’को अन्तिम श्रृंखला ‘डेड रेकोनिङ’को वर्ल्ड प्रिमियरमा सहभागी हुन टम क्रूज रेडकार्पेटमा सहभागी हुनेछन् ।

महोत्सव फ्रान्सेली कमेडी फिल्म ‘लिभ वान डे’को ओपनिङ सँगै सुरु हुनेछ । फ्रान्सेली अभिनेत्री जुलिएट बिनोचेले मुख्य प्रतिस्पर्धा विधामा जजको भूमिका निर्वाह गर्नेछिन् । अभिनेता रोबर्ट डी निरोले मानार्थ पाम डी’ओर प्राप्त गर्ने छन् ।

स्कारलेट जोहान्सन, क्रिस्टिन स्टुवार्ट, ह्यारिस डिकिन्सनजस्ता विश्वप्रसिद्ध स्टारले निर्देशनमा डेब्यु गरेका फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा स्क्रिनिङ हुनेछन् ।

महिला निर्देशित १६ फिल्म आधिकारिक छनोटमा समावेश छन्, जुन लाइनअपको लगभग २८.५% हो । यो तथ्यांक अघिल्लो वर्षको २३.७% भन्दा बढि हो, जसले महोत्सवमा महिला फिल्म निर्माताको समावेशीकरणतर्फको सकारात्मक प्रवृत्तिलाई प्रतिबिम्बित गर्दछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी फिल्ममा १०० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको पृष्ठभूमिमा कान्स हुन लागेको हो । ट्रम्पको उक्त घोषणाले कान्सको बजारलाई कसरी प्रभावित तुल्याउँछ भन्ने प्रश्नहरू बाँकी नै छन् ।

प्रतिस्पर्धामा छनोट नभएपनि कान्स फिल्म फेस्टिभल २०२५ का विभिन्न कार्यक्रममा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदैछ । ‘मार्चे दु फिल्म’ भनिने कान्स मार्केटमा सम्भवतः पहिलोपटक नेपाली फिल्मले स्टल नै खडा गरेर फिल्मलाई अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताबीच ‘पिचिङ’ गर्न लागेको हो ।

यसवर्षको कान्स मार्केटमा नेपाली फिल्म ‘एक्लो’ सहभागी हुँदैछ । यो फिल्मका निर्देशक प्रदीप शाह कान्सको प्रड्युसर्स नेटवर्कको कार्यक्रममा सहभागी हुनेछ । यो फिल्मका केही कलाकार पनि कान्समा सहभागी हुने अपेक्षा गरिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link