Home समाचार २८ दिनमा सकियो शोभितको ‘पीआर’को छायांकन

२८ दिनमा सकियो शोभितको ‘पीआर’को छायांकन

by Parda Sansar
A+A-
Reset

काठमाडौ। निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’को छायांकनको प्याकअप भएको छ। निर्माण टिमले सुटिङ थालेको २८ दिनमा छायांकन सकेको हो। निर्देशक बस्नेतले अष्ट्रेलियामा १८ दिन र नेपालमा १० दिनको सेड्युलमा सिनेमाको छायांकन सकिएको बताए। उनले अष्ट्रेलियापछि दोस्रो सेडयुलका रुपमा  कास्कीको धम्पुसबाट छायांकन थालेका थिए। सिनेमाको छायांकन सकेपछि निर्देशक बस्नेतले कथाले मागे अनुसार नै अष्ट्रेलिया र नेपालमा छायांकन गरेको बताए।

‘मैले कथा अनुसार नै पिआरको छायांकन सकाएको छु,’उनले भने,‘कलाकारहरुले एकदमै राम्रो काम गर्नुभएको छ। त्यसैले यो सिनेमा एकदमै राम्रो बनेको छ। यसमा म ढुक्क छु।’ सिनेमाको छायांकन सकेपछि निकै उत्साहित देखिएका निर्देशक बस्नेतले आफ्नो यो सिनेमालाई दर्शकले माया गर्नेमा शंका नभएको दाबी गरे।

सलोन सलिना फिल्मसको व्यानरमा छायांकन भएको यस सिनेमाले विदेशमा रहेका नेपालीहरुको पिआरको लागि गरेको संघर्ष र नेपालबाट अभिभावकहरुको आसा र भरोसा आफ्नो सन्तानमाथी राख्छन्। तर विदेशमा आफ्नो सन्तानलाई कति कष्ट छ भन्ने कथालाई भन्नेछ।
रन्जित शाह आर एफ एम फ्यास्लिटी म्यानेजमेन्ट र लेन वे डम्प्लिङको प्रस्तुतीमा निर्माण भएको यस सिनेमामा नीर शाह,गौरी मल्ल,रबिन्द्र खड्का,उत्तम केसी,आर ए सुरज पौडेल, राजन कुँवर,विनिता कार्की,पुजा चौधरी बिमला खत्री आस्मा अधिकारी, कुशल थापा,गणेश बुढाथोकी कृष्ण थापा,म्याक्स र नवीन घायल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

यस सिनेमामा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल,इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा र रन्जित शाहले यस सिनेमा लगानी गरेका छन्। सिनेमामा मानस राज र भिम बिसीको संगीत,रामजी लामिछानेको नृत्य,निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ।
त्यसै गरि सिनेमामा सौरभ मानन्धर (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन,मुख्य साहायक निर्देशकमा रामजी राउत गणेश बुढाथोकी मणि तामाङ भने केवल मान सिंह बस्नेतको निर्माण व्यवस्थापक रहने छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link