Home Main Highlight News ‘महाभोज’ सहकारी पीडित जनताको कथा

‘महाभोज’ सहकारी पीडित जनताको कथा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । यही जेठ १५ गते बिहीबारदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘महाभोज’ सहकारी संस्थामार्फत ठगिएका सर्वसाधारणहरूको कथामा आधारित छ। फिल्मका प्रमुख अभिनेता दयाहाङ राईका अनुसार, यो फिल्मले आर्थिक क्रान्तिको सुन्दर सपना बोकेर स्थापना गरिएका सहकारी संस्थाहरू कसरी भ्रष्ट नियत र व्यक्तिवादी स्वार्थको चपेटामा परे भन्ने यथार्थ चित्रण गर्छ।

दयाहाङ भन्छन्, “नेपालमा आर्थिक क्रान्ति ल्याउनका लागि सहकारी संस्थाहरूको स्थापना सुन्दर अभ्यास थियो। तर ती संस्थाको पहुँचमा रहेका व्यक्तिहरूले सर्वसाधारणको पैसा अपचलन गर्दै आएका छन्, जुन समस्या अहिलेको मात्र होइन, धेरै पहिले देखिको हो।”

उनका अनुसार, ‘महाभोज’ केवल कथानक होइन, त्यो एक प्रश्न हो— यस्तो किन भइरहेको छ? कसको महत्त्वाकांक्षाले यस्तो हुन्छ? यी सबै प्रश्नहरूको उत्तर फिल्मले खोजेको छ।

दयाहाङले फिल्मले विशिष्ट प्रतिशत जनतालाई मात्र नभई संसारभर रहेका नेपालीहरूलाई छुने विश्वास व्यक्त गरे। “मैले यति प्रतिशत भन्दिन, तर ‘महाभोज’ले हरेक नेपालीलाई छोइहाल्छ। यो आम जनताको कथा हो,” उनले भने।

फिल्म ‘महाभोज’को कथा सहकारी संस्थाका नाममा सर्वसाधारणले जम्मा गरेको रकम अपचलन गर्नेहरू र त्यसबाट सिर्जना भएको वर्ग संघर्ष, पारिवारिक, सामाजिक तथा नैतिक संकटको वरिपरि घुम्छ। फिल्मले आर्थिक शोषणमाथिको सवाल मात्र होइन, नेपाली समाजमा पैसाको शक्ति र त्यसले जन्माउने विभाजनलाई समेत प्रश्न गर्छ।

फिल्मलाई दिनेश राउतले निर्देशन गरेका छन् भने हिमाल कडरिया निर्माता हुन्। कथा तथा पटकथा सुवेदीले लेखेका हुन्। क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा बनेको ‘महाभोज’ एकै दिन नेपालसहित विदेशका विभिन्न देशमा प्रदर्शनमा आउने तयारीमा छ।

यसमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने कलाकारको अभिनय हेर्न पाइनेछ। ‘महाभोज’ नेपाली समाजको यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्ने प्रयास हो, जसले सहकारी पीडितहरूको आवाजलाई पर्दामा उजागर गर्दैछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link