Home ठूलो पर्दा प्रदीप र ‘बिग बोस’ स्टार चुमले थाले ‘ऐरी’ छायांकन

प्रदीप र ‘बिग बोस’ स्टार चुमले थाले ‘ऐरी’ छायांकन

by Parda Sansar
A+A-
Reset

काठमाडौं । अभिनेता प्रदीप खड्काले पश्चिम बागलुङको ढोरपाटन उपत्यकाबाट आगामी फिल्म ‘ऐरी’को छायांकन थालेका छन् । प्रदीपसहित चुम दरङ र सोनमले बुधबारदेखि एक्सन फिल्मको सुटिङ थालेका हुन् ।

धीरज मगर र भुटानी अभिनेता सांगे सेल्ट्रिम आगामी साता छायांकनमा सहभागी हुनेछन् । सलमान खानले होस्ट गर्ने भारतको चर्चित टिभी रियालिटी शो ‘बिग बोस’को पछिल्लो सिजनबाट चर्चामा आएकी बलिउड अभिनेत्री समेत रहेकी चुमले यो फिल्मबाट नेपाली फिल्ममा डेब्यु गदैछिन् । फिल्ममा उनी प्रदीपको अपोजिटमा देखिनेछिन् ।

ढोरपाटनमा मात्र ५० दिन छायांकन हुने जनाइएको छ । त्यसपछि काठमाडौं र भारतमा छायांकन तयारी छ । छायांकनकै बीचमा आगामी साता प्रदीप कान्स फिल्म फेस्टिभलमा सहभागी हुन केही दिनको लागि फ्रान्स जाने अपेक्षा गरिएको छ । कान्स मार्केटमा उनको आगामी फिल्म ‘एक्लो’ पिचिङ हुँदैछ । यसबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

‘ऐरी’लाई जीवन थापाले निर्देशन गरिरहेका छन् । ढोरपाटन शिकार आरक्ष क्षेत्रको जंगल क्षेत्रमा छायांकन हुनेछ । हिमाली परिवेश भएकाले त्यहाँको जनजीवन दर्शाउन घोडाचढी र तिर हान्ने जस्ता कौशल कलाकारले सिकिरहेका छन् ।

छायांकन ३ महिना चल्ने, ८ महिना भीएफएक्स गर्दैमा बित्ने भएकाले फिल्मको निर्माण हुन १ वर्ष लाग्ने बताइन्छ ।

यो फिल्मलाई निर्देशक थापाको उपकरण कम्पनी मल्टिमेटले भारतीय वितरकसँगको सहकार्यमा निर्माण गर्दैछ । नेपाली र हिन्दी भाषामा बन्ने यो फिल्मलाई केही क्षेत्रीय भाषामा पनि स्वरांकन गर्ने बताइएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link