Home Main Highlight News ‘जनै हराएको बाहुन’को छायांकन सकियो, तीजमा आउला त फिल्म ?

‘जनै हराएको बाहुन’को छायांकन सकियो, तीजमा आउला त फिल्म ?

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’को छायांकन सकिएको छ । निर्माण टिमले इन्डक्ल्याप पार्टीको आयोजना गर्दै ३५ दिनमा छायांकन सम्पन्न भएको जानकारी गराएको हो ।

यो चलचित्र छायांकन काठमाडौं, ललितपुर, झुर र काभ्रेमा भएको निर्माणपक्षले जानकारी दिएको छ । सिनेमा अपेक्षा गरेअनुसार नै राम्रोसँग छायांकन गरिएको बताउँदै निर्देशक हिमाल न्यौपानेले पोस्ट प्रोडक्सनमा पनि मेहनत गरेर दर्शकलाई राम्रो सिनेमा दिने बताए । निर्देशक न्यौपानेको यो डेव्यु निर्देशन हो । चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेको जनाइएको छ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ ।

बलियो लाइनअप देखिएको चलचित्रमा अभिनेता विजय बराल, अभिनेत्री केकी अधिकारी र मिरुना, मगर गौरव पहाडी, सुशांक मैनाली लगायतको मुख्य भूमिका छ । यस्तै, चलचित्रमा भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतको अभिनय रहेको छ ।

इन्डक्ल्याप कार्यक्रममा बोल्दै अभिनेता विजय बरालले भने, “केकीसँग पनि काम गरियो, मिरुनासँग पनि काम गरियो । अझै धेरै ‘भयङ्कर मान्छे’सँग काम गर्ने मौका मिल्यो । म सामान्य मान्छे, त्यसैले त्यही पात्र परेँ । यो सिनेमामा धेरै सम्बन्धको कथा छ । यसले दर्शकको मन छोला भन्ने विश्वास छ ।”
यस्तै, असोसियट निर्देशक राउतले जीवनको भोगाइमा र सम्बन्धको कथा, सिनेमाका ती पात्रहरूले गरेको संवाद र सङ्घर्षहरू जुन जनैको डोरी झैँ बुन्ने प्रयास गरिएको बताए ।

पेपरक्लिप प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । सह-निर्मातामा आरके मानन्धर, रुपेश लामा, सिआर बस्नेत र फिलिप डिसी रहेका छन् ।

चलचित्रको कथा, पटकथा र संवाद भानुझढकालले लेखेका छन् । दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रमा तर्कराज न्यौपाने, रविन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन् ।

चलचित्रमा प्रसान्त सिवाकोटी, एसडी योगी, थानेश्वर गौतम र अर्जुन पोखरेलको संगीत रहने छ । नवीन गुरुङ डीओपी रहेको चलचित्रमा कृष्ण परियारको सिनेमोटोग्राफी रहेको छ । यो चलचित्र तिजको अवसर पारेर भदौमा प्रदर्शन गर्ने तयारी रहेको छ ।

@www.rangakhabar.com

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link