मुम्बई । प्रसिद्ध बलिउड अभिनेता परेश रावलले चर्चित ‘हेराफेरी’ फिल्म श्रृंखला छाडेको पुष्टि गरेपछि उनका प्रशंसकहरू निराश भएका छन् । आईतवार उनले आफैँ ‘हेराफेरी–३’ छाड्नुको कारण स्पष्ट पार्दै कुनै रचनात्मक मतभेद नरहेको बताएका छन् । उनको यो पोस्टले ‘हेराफेरी’ प्रशंसकहरूबीच हलचल मच्चिएको छ ।
एक्समा मा लेख्दै उनले भनेका छन्– ‘म के कुरा अभिलेखमा राख्न चाहन्छु भने ‘हेराफेरी ३’ बाट अलगिने मेरो निर्णय रचनात्मक मतभेदका कारण थिएन । म पुनः दोहोर्याउँ छु, फिल्म निर्देशक श्री प्रियदर्शनसँग मेरो कुनै मतभेद छैन । म उहाँप्रति अपार प्रेम, सम्मान र आस्था राख्छु ।’ उनको यो पोस्टले ‘हेराफेरी’ प्रशंसकहरूबीच हलचल मच्चिएको छ ।
परेश रावलको निर्णयसँगै सामाजिक सञ्जालमा भावनात्मक प्रतिक्रियाहरू देखिएका छन्। एक प्रयोगकर्ताले निराश हुँदै लेखेका छन्–‘कृपया निर्णय फिर्ता लिनुहोस् सर, नभए म नसा काट्ने छु, पैसा चाहिएको हो भने हामी फ्यानहरूले नै जुटाउने छौं ।’
अर्काले लेखेका छन्– बाबु रावबिनाको हेराफेरी नै कल्पना गर्न सकिन्न । तपाईंको अभिनयले यो चरित्र सदाबहार बनाएको छ । बाबु रावको स्थान कसैले लिन सक्दैन ।’
बाल्यकालसँग जोडिएको यो पात्र गुमाउने कुराले उनका फ्यानहरूले भावनात्मक चोट महसुस गरिरहेका छन् ।