43
काठमाडौं । सशान कँडेलको निर्देशनमा सिनेमा ‘बाउ भर्सेस छोरा’ बन्ने भएको छ । निर्माण टिमले बुधवार बिहान सामाजिक सन्जाल मार्फत उक्त सिनेमाको घोषणा गरेको हो ।
सम्मान इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यश सिनेमाले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोच, मूल्य र व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक सशान कँडेलले बताएका छन् ।
सिनेमाको थप विवरण, कलाकार चयन, छायाङ्कन सुरु हुने मिति र प्रदर्शन समयबारे निर्माण टिमले चाँडै जानकारी दिने बताइएको छ । यस सिनेमाका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् । सिनेमाको स्क्रिप्टको अन्तिम चरणमा काम भइरहेको जनाइएको छ ।