Home Main Highlight News राजेशलाई शुभकामना दिँदै दीपकराज गिरी

राजेशलाई शुभकामना दिँदै दीपकराज गिरी

by Parda Sansar
A+A-
Reset

काठमाडौं । अभिनेता दीपकराज गिरीले अर्का अभिनेता राजेश हमाललाई शुक्रबारदेखि प्रदर्शन हुन लागेको फिल्म ‘नरसिंहा अवतार’को लागि शुभकामना दिएका छन् ।

गिरीले फिल्म रिलिजको पूर्वसन्ध्यामा यसरी शुभकामना दिनुलाई दुई पृष्ठभूमि र सन्दर्भसँग जोड्न सकिन्छ । पहिलो- कोभिड महामारीको बेला सामाजिक संजालमा चलेको ‘महानायक’ विवादबारे दीपकले स्टाटसमा प्रष्टीकरण पुनः दिँदै हमाललाई ‘महानायक’ले सम्बोधन गरेका छन् ।

दोस्रो- ‘छक्कापञ्जा ५’ रिलिजको समयमा जसरी सामाजिक संजालबाट फिल्मविरुद्ध पेल्ने प्रयत्न गरियो, त्यसविरुद्ध संस्कार प्रदर्शन गर्नुपर्छ भन्ने सन्देश उनले यो शुभकामनामार्फत दिएका छन् ।

गिरी लेख्छन्- ४ बर्ष अघिको त्यो घटना सम्झन्छु, जुनबेला कोभिडको महामारी चलिरहेको थियो ,त्यतिबेला मेरो सहकर्मीले उहाँबाट यस्तो बेलामा समाजले अभिभावकत्व खोजिरहेको छ भन्ने आशयको अभिब्यक्ति दिँदा केही त्रुटी हुन गयो । जसलाई संजालले यसरी ट्विस्ट गरिदियो कि उहॉलाइ जनताले दिएको पदबीमाथि नै हाम्रो आपत्ति छ, अथवा दाबी नै छ भन्ने भाष्य निर्माण भइदियो, जुन आफैमा उदेक लाग्दो अपत्यारीलो र असहज थियो !’

उनी अघि लेख्छन्- ‘दुनियाँले जे सुकै भनोस, कुछ तो लोग कहेगे…। त्यसै पनि आजकल संजाल भनेको गाली ,गलौच, घृणा र द्रेष फैलाउने असंवेदनशील माध्यमको रूपमा परिचित छ । तर हामी कलाकारबाट समाजले सधै प्रेम, स्नेह र संस्कार नै खोजिरहेको हुन्छ ! त्यसैले आज सहि समय आएको छ, पुन : एकपल्ट त्यो संस्कार प्रदर्शन गर्ने । त्यही पप्रेमभाव कायम गर्ने ! ८ बर्षपछि रजतपटमा आफ्नो चलचित्र लिएर फर्कनुभएका आदरणीय महानायक राजेश हमाल दाइलाइ चलचित्र “नरसिंह अवतारको धेरै धेरै शुभकामना ! मनग्गे सम्मान छ त्यो झनै बढ्दै जाओस !!’

अहिले पनि दीपकलाई सामाजिक संजालमा ‘महानायक’ भन्दै टिप्पणी आइरहेको हुन्छ । उनले आफ्नै शैलीमा यसको जवाफ दिने गरेका छन् ।

विशेषगरि ‘छक्कापञ्जा ५’ रिलिजको समयमा दीपकराज र उनको समूहले सामाजिक संजालमा निकै प्रतिक्रियाहरू खेप्नुपर्‍यो । ती प्रतिक्रियाको पृष्ठभूमिमा कोभिड संकटको बेला सिर्जित ‘महानायक’ विवाद नै थियो । दीपकले पछिल्लो फेसबुक पोस्टमार्फट सहकर्मीको भनाईलाई ट्विस्ट गरिएको भनेर बताएका छन् ।

जेहोस्, दीपकको स्टाटसमा सम्बन्धलाई हार्दिक तुल्याउने प्रयत्नसहितका सन्देश लुकेको देख्न सकिन्छ । उनी सितिमिति फिल्मको शुभकामना यो शैलीमा दिँदैनन् तर, यसपटक भने उनले अर्थपूर्णरुपमा राजेशलाई दाई सम्बोधन गर्दै शुभकामना दिएका छन् ।

अभिनेता हमाल स्वयमले आफूलाई स्पष्ट सुनिने गरि ‘महानायक’ भनेका छैन्न । यद्यपि, उनका प्रशंसकले चाहिँ उनलाई महानायक भनेर सम्बोधन गर्दै आएका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link