Home Main Highlight News जन्ते बाख्रोको ट्रेलरमा लभस्टोरी र कमेडी (भिडियाेसहित)

जन्ते बाख्रोको ट्रेलरमा लभस्टोरी र कमेडी (भिडियाेसहित)

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । ‘जन्ते बाख्रो’को ३ मिनेट ५२ सेकेन्डको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा लभस्टोरी र कमेडीको समिश्रण देख्न सकिन्छ ।
चलचित्रमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको चलचित्रको ट्रेलर दर्शकलाई रोमाञ्चितत तुल्याउने छ । ‘जन्ते बाख्रो’ भन्ने बित्तिकै दुलही भितर््याउँदा खुवाइने भोजको रुपमा लिने गरिन्छ । यही क्रममा हुने उतारचढावलाई चलचित्रमा देख्न सकिने ट्रेलरबाट बुझ्न सकिन्छ । आगामी जेठ २३ गतेबाट यो सिनेमा नेपालसहित विदेशमा समेत एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको चलचित्रमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ ।

सन्तोष गौतमको लगानी रहेको फिल्मलाई टिफल्क फिल्मस्ले वितरण गर्ने सिनेमाको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link