Home Main Highlight News बुद्धशान्ति प्रेस क्लबले गर्यो बुद्धशान्तिका २० पत्रकारको दुर्घटना बीमा

बुद्धशान्ति प्रेस क्लबले गर्यो बुद्धशान्तिका २० पत्रकारको दुर्घटना बीमा

by Parda Sansar
A+A-
Reset

बुद्धशान्ति । बुद्धशान्ति प्रेस क्लबले बुद्धशान्तिका सक्रिय पत्रकारहरुको सामुहिक दुर्घटना बीमा गरेको छ ।

प्रेस क्लबले २० जना पत्रकारहरुको सामुहिक दुर्घटना बीमा गरिदिएको हो । प्रेस क्लबको वार्षिक कार्यक्रम अनुसार हरेक वर्ष नवीकरण हुने गरी २० जना पत्रकारको २० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सिनाले बताएका छन् । उनले पत्रकारको भौतिक सुरक्षा साथै सम्भावित जोखिमलाई थोरै भए पनि न्यूनीकरण गर्न दुर्घटना बीमा गरिएको बताएका छन् ।

पत्रकारिताका निम्ति दौडधुप गरिरहनु पर्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुर्घटनाबाट हुने आर्थिक क्षति न्यूनीकरण गर्न प्रेस क्लबले यो कदम चालेको उनले बताए । ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने पत्रकारहरुको पेशागत र भौतिक सुरक्षामा प्रेस क्लब गम्भीर रहेको बताउँदै प्रेस क्लबका उपाध्यक्ष नारायण अर्यालले पत्रकारको दुर्घटना बीमा अपरिहार्य रहेको बताए ।

बीमाका लागि सेवाप्रदायक विभिन्न कम्पनीहरुसँग प्रस्ताव माग गरिएकोमा नेपाल माइक्रो इन्स्योरेन्सलाई छनोट गरी सोहीमार्फत बीमा सम्झौता गरिएको क्लबका सचिव रोशन भट्टराईले बताएका छन् । बीमा कम्पनीका बिर्तामोड शाखा प्रमुख दिपक काफ्ले र प्रेस क्लबका अध्यक्ष तिम्सिनाले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै बीमा समेत लागू भएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link