Home Main Highlight News ‘नरसिंहाः अवतार’ ले पहिलो सातामा कति व्यापार गर्‍यो ?

‘नरसिंहाः अवतार’ ले पहिलो सातामा कति व्यापार गर्‍यो ?

by Parda Sansar
A+A-
Reset

काठमाडौं । महानायक राजेश हमालको आठ वर्षपछिको कमब्याक चलचित्र ‘नरसिंहाः अवतार’ले शुक्रवारदेखि दोस्रो साता प्रवेश गरेको छ । निर्माण पक्षले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फिल्मले पहिलो सातामा २ करोड ४ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

हमालको अभिनय कमब्याकका कारण चर्चामा आएको चलचित्रका लागि स्वयं महानायक हमालले विशेष मेहनत गरेका छन् । प्रायः प्रचारप्रसारमा सक्रिय नहुने हमाल यस चलचित्रका लागि भने दर्शकहरूसँग प्रत्यक्ष संवादमा देखिएका छन् । रिलिजको पहिलो दिन राजधानीका प्रमुख हलमा दर्शक भेटघाटमा पुगेका हमाल अहिले देश दौडाहामा छन् ।

पूर्वी नेपालका विभिन्न स्थानमा चलचित्र प्रवर्द्धन गरिसकेका हमाल हाल पश्चिम नेपालमा छन् । उनको यात्रामा सह-कलाकार राज कटुवाल, अभिनेत्री सनिशा भट्टराई र वितरक छविराज ओझा पनि सहभागी छन् ।

दिवाकर भट्टराईद्वारा निर्देशित यस चलचित्रमा हमालसँगै राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजीवजंग बस्नेत, रमेश चन्द सोडारी लगायतको अभिनय छ । क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको चलचित्रमा राजु विक्रम थापाको छायाङ्कन र साहिल खानको सम्पादन रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link