Home Main Highlight News मिस वर्ल्ड २०२५ को उपाधि थाइल्याण्डकी ओपललाई

मिस वर्ल्ड २०२५ को उपाधि थाइल्याण्डकी ओपललाई

by Parda Sansar
A+A-
Reset

काठमाडौं । ७२ औं मिस वर्ल्डको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिबार बेलुका भारतको तेलांगानास्थित हैदराबादमा आयोजित फिनालेमा उनले उपाधि जितिन् ।

विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्‍याइदिइन् । इथियोपियाकी उपविजेता घोषित भइन् । पोल्याण्ड र मार्टिनिकका क्रमशः तेस्रो र चौंथो उपविजेता घोषित भए ।

अन्तिम चारमा अमेरिका तथा क्यारेबियनबाट मार्टिनिक, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्याण्ड र एसियाबाट थाइल्याण्डबीच प्रतिस्पर्धा भएको थियो । महत्वपूर्ण विधा ‘ब्युटी विथ अ पर्पस’को उपाधि इन्डोनेसियाले जित्यो ।

यसवर्षको प्रतियोगितामा नेपालसहित १०८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । नेपाल अन्तिम ४० मा समेटिन सकेन । नेपालबाट सृच्छा प्रधानले सहभागिता जनाएकी थिइन् ।

कोभिड संकटको बेला मानवीय कार्यमा सघाएको भन्दै बलिउड अभिनेता सोनु सुदलाई मिस वल्र्ड हुमानिटरियन अवार्ड प्रदान गरिएको थियो । सुद प्रतियोगिताका जज पनि थिए । अभिनेता सुदलाई साउथ स्टार राणा दगुबातीले अवार्ड प्रदान गरे ।

को हुन् विजेता ओपल ?

ओपल अन्तर्राष्ट्रिय सम्बन्धकी विद्यार्थी हुन् । भविष्यमा राजदूत बन्न चाहना राख्ने ओपललाई मनोविज्ञान र मानवशास्त्रमा पनि रुचि छ । उनले स्तन क्यान्सरलाई समर्थन गर्ने संस्थाहरूको लागि स्वयंसेवा गरेकी छिन् ।

आफ्नी एक समर्थकले आफू ’क्यान्सरमुक्त भएको र १६ वर्षको उमेरमा शल्यक्रियाको सामना गरेपछि उनको लडाईंको क्रममा उनलाई प्रेरित गरेको क्षणलाई उनले आफ्नो जीवनको गर्वको क्षण भएको बताएकी छन् । ‘जुन त्यतिबेला मैले महसुस गरें कि मेरो सबैभन्दा ठूलो डर मेरो सपना बाँच्ने मौका गुमाउनु हो’ उनले भनेकी छन् ।

उनीसँग १६ बिरालाहरू र पाँचवटा कुकुरहरू घरपालुवा जनावरको रूपमा छन् । ‘तपाईंले बाँच्नुभएको कारणले अर्को एक जीवनले सजिलोसँग सास फेरेको छ भनेर जान्नु नै सफल हुनु हो’ उनको आदर्श वाक्य हो ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link